२०८१ चैत्र १४ बिहीबार

काठमाडौं । चालू आर्थिक वर्षमा २०८१/८२ को ६ महिना पुस मसान्तसम्ममा १४० खर्ब ८० करोड रुपैयाँ कारोबारमा आधारित तरलता प्रशोचन गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा निक्षेप संकलन बोलकबोलमार्फत १४ खर्ब ८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२५ खर्ब १४ अर्ब १५ करोड गरी कुल १४ हजार अर्ब ८० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो ।

साथै, यसअवधिमा ८० करोड बराबरको ओभरनाइट तरलता सुविधा उपयोग भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक(पटक गरी खुद १ खर्ब ९९ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय