२०८१ माघ २९ मंगलवार

नगद भन्नेबित्तिकै साधारण भाषामा रुपेया पैसा, नोट, सिक्का गहनालाई बुझने गरिन्छ । यसै गरी खरिद गर्ने सामथ्र्य भएको सबै बस्तुलाई नगद भन्ने गरिन्छ । अर्थशास्त्रको भाषामा नगदलाई बिनिमयको माध्यम र आर्थिक जीबनरुपी शरीरव्दारा पहिरिएको बस्त्रको रुपमा समेत व्याख्या गरिएको पाईन्छ । नगद के हो भन्ने बारेमा अर्थशास्त्रीहरुले विभिन्न व्याख्या र परिभाषा दिए तापनी बैकिंग कारोबारमा बैंकरले नगद भन्नेबित्तिकै रुपैया पैसाको भौतिक उपस्थिति र सुनचाँदी जस्ता बस्तुलाई नगदको रुपमा बुझ्ने गर्दछन् । यहि रुपैया पैसा र सुनचाँदीको बैंकमा गरिने व्यवस्थापन नै नगद व्यवस्थापन को एक महत्वपूर्ण पाटो हो । नगद व्यवस्थापनलाई साधारणतः बित्तको त्यो बृहत क्षत्रको अर्थमा बुझिन्छ जसमा नगदको जम्मा, बितरण र उपयोगसँग सम्बन्धित बिषयबस्तु पर्दछन् ।

नगद व्यवस्थापन भित्र ढुकुटी व्यवस्थापन, बीमा व्यवस्था, रकम स्थानान्तरण एबं मौद्रिक कारोबारको लेखा राख्ने तथा हिसाब मिलान गर्ने आदि जस्ता कार्यहरु समेतको उत्तिकै महत्व हुन्छ । नगद व्यवस्थापनले बजार तरलता, नगद प्रबाह र लगानी समेतलाई सहयोग गरेको हुन्छ । बैंक तथा बित्तिय संस्थाहरुमा नगद सुनचाँदी लगायत महत्वपूर्ण कागजातको व्यवस्थापन गर्न नगद बिभागको गठन गरिएको हुन्छ । अन्य बिभाग जस्तै यो बिभाग पनि अत्यन्त संबेदनशिल बिभागको रुपमा रहि आएको हुन्छ । यस बिभागले सुव्यवस्थीत रुपले कार्य सञ्चालन गर्न सकेन भने बैंकको साख र व्यवसायमा असर पर्नुका साथै सञ्चालन जोखिममा समेत बृद्धि हुने गर्दछ ।

बैंकमा नगद तथा सुनचाँदी कारोबारको बृद्धि सँगसँगै जोखिम समेत बृध्दि हुदै गई राखेको हुन्छ । जस्तै नक्कली गरगहना मिसाएर बैंकमा राख्न आउनु, राम्ररी सुनचाँदीको पहिचान गर्न नसक्नु, फेक र जालिनोट मिसिएर आउनु, ठुलो नोटको प्याड र बण्डलमा सानो नोट मिसाईनु, सुनचाँदीको गरगहनामा लाहा अन्य धातु र रसायन आदिको आकलन गर्न नसक्नु, फण्ड ओसार पसार गर्दा हराउने चोरीने सम्भाबना हुनु र अत्यधिक बिश्वासमा कार्यबिधि र आन्तरिक नियन्त्रण पुरापुर प्रयोग गर्न नसक्नु आदि । प्रायः जनशक्तिको कमि कमजोरिले यस्ता जोखिमहरु आईलाग्ने भएता पनि कहिले काहि अनजानमा बिद्यमान सुचना, उपकरण, र दक्षताले नभ्याई कार्य गर्दा संस्थालाई बिस्तारै अत्यधिक जोखिमतर्फ उन्मुख गराउन सक्ने स्थिति समेत रहेको हुन्छ । सुनचाँदीमा लगानी गर्दा हचुवा मुल्यांकन गरिएमा, हतारमा निर्णय गरिएमा नगद जम्मा गर्दा नोट सिक्काहरुलाई राम्ररी जाँचबुझ नगरी थान गिन्ती गरि नलिएमा जोखिममा बृद्धि हुन्छ । यसै गरी भल्टको सहि सदुपयोग गरी व्यवस्थीत रुपले कार्यबिधि अनुरुप कार्यसञ्चालन नगरी हेलचेक्राई गरेमा समेत समस्या र चुनौति थपिन जाने हुन्छ ।

बैंक तथा बित्तिय संस्थामा आईलाग्ने बिभिन्न जोखिमहरु मध्ये सञ्चालन जोखिमलाई हालमा आएर अत्यधिक महत्वका साथ हेरिएको पाईन्छ । सञ्चालन जोखिममा बृद्धि हुदै जाँदा कम्पनीको साख कमजोर हुने, आम्दानीमा कमि हुने, बजारमा धितोपत्रको मुल्यमा कमि आई कम्पनीलाई नकारात्मक प्रभाब पार्ने हुन्छ । सञ्चालन जोखिम मध्येको महत्वपूर्ण पाटो नगद तथा सुनचाँदी लगायतको सम्पत्तिको प्रभाबकारी व्यवस्थापन नगरी वा प्रभाबकारी रुपमा ध्यान नदिई परम्परागत रुपमा वा तदर्थ रुपमा चलाउदै गर्ने हो भने नगदमा काम गर्ने कर्मचारीहरुको नैतिकतामा मात्र भर पर्नुपर्ने अबस्था आउने हुन्छ ।

सिसि टिभि, नगद टेलर मेशिन, जालिनोट पत्ता लगाउने मेशिन, सुन चिन्ने क्यारेट बिश्लेषण गर्ने मेशिनजस्ता प्रभावकारी साधनको अभाबमा कर्मचारीहरु ढुक्क भै कामगर्ने वाताबरण नहुदा कर्मचारीहरुले बारम्बार नगद कमि, जालिनोटको जम्मा, कमसल सुनचाँदीमा लगानी आदि घटनामा कर्मचारीले बैंकलाई हर्जाना तिर्नुपर्ने कुरा दैनिक रुममा सामान्य भै सकेको छ । जसले गर्दा नगद बिभागमा काम गर्ने कर्मचारीको काम गर्ने उत्साह र मनोबलमा नकारात्मक प्रभाब परि भय रहित वाताबरणमा काम गर्न नसक्ने अबस्था आउँदछ । अन्ततः यसले सञ्चालन जोखिम बढ्न गै जोखिम व्यवस्थापन र आन्तरीक नियन्त्रण प्रणाली एबं सुशासन लाई समेत कमजोर बनाउँदछ । बैंकमा भैरहेको अभ्यास र चलनचल्तीलाई हेर्दा नगद व्यवस्थापनमा देहाएका कुरामा कमी कमजोरी भएको हो कि भन्ने आभाष हुन्छ ।
– नगद बिभागमा आवश्यक हुने आधुनिक उपकरण औजार, सवारी साधन र कर्मचारीहरुको कमी
– नगद राख्ने भण्डारण गर्ने सेफ दराज र आन्तरीक नियन्त्रण प्रणालीको कमिकमजोरी
– भल्टको सुरक्षा बलियो बनाउने आधुनिक उपायहरु अबलम्बन गर्न नसक्नु
– नगद व्यवस्थापन तथा सुन चाँदी, महत्वपूर्ण कागजात व्यवस्थापनको बारेमा प्रष्ट पार्ने तालिम, कार्यबिधि र म्यानुयलको कमि
– उपभोक्ताहरुलाई उपकरणको पहुँच माथीको कमी
– जनशक्तिको सीप, कार्य अभ्यास तथा कार्यस्थलको सुरक्षाको कमी
– प्रकृयागत व्यवस्थापनमा हेलचेक्रयाई र फितलोपनले गर्दा लापर्बाहीमा बृद्धि

नगद व्यवस्थापनको आवश्यकता र चुनौति
बैकिंक व्यवसाय जोखिमको व्यवसाय हो । बैंकको कर्जा लगायत अन्य क्षेत्रमा समस्या र जोखिम भए जस्तै नगद व्यवस्थापनमा पनि समस्या र चुनौेतिहरु छन् । नगदको जम्मा गर्न, आवश्यक ठाउँमा नगदको प्रबाह गरी आपुर्ति तथा बितरण गर्न र श्रोतको कुशलतम प्रयोग गर्न नगद व्यवस्थापन गर्नु पर्ने हुन्छ । हाम्रो जस्तो डिजिटल मुद्राको पूर्ण प्रयोग नभएको देशमा मुद्राको भौतिक प्रयोग व्यापक रहेको सन्दर्भमा यसको व्यवस्थापनमा थप जटिलताहरु हुन्छन् । चाहिएको जति नगद चाहिएकै समयमा चाहिएकै ठाउँमा पु¥याउन नगद परिचालन गर्दा चोरीने हराउने लुटिने जस्ता समस्याबाट बच्न गर्नुपर्ने बिमाको व्यवस्थापन र नगद जम्मा खर्च र हिसाब मिलान तदारुकताका साथ सम्पादन गर्न समेत नगद व्यवस्थापनको आवश्यकता हुन्छ । चाडबाडको बेला नयाँ नोट बितरण गर्ने, व्यक्तिको आवश्यकता र जोहो पुरा गर्न सदा सर्बदा तत्काल मुद्रा आपुर्ति गर्न र बैंकलाई तरल बनाई राख्ने कार्य गर्न समेत नगद व्यवस्थापनको आवश्यकता हुने गर्दछ ।

नगदको प्रभाबकारी व्यवस्थापन गर्न सकेमा बैंक प्रति जनताको बिश्वासमा अभिबृद्धि हुने र संस्थाको सञ्चालन जोखिममा कमी ल्याउन सकिने हुन्छ ।संस्थाले व्यक्तिगत रुपमा कुनै व्यक्तिलाई मात्र जिम्मेबार बनाउनु भन्दा प्रणालीबाटै हरेक व्यक्ति जिम्मेबार रहने र जिम्मेबारी र दायित्व स्पष्ट रुपमा किटानी गरी कार्य जिम्मेबारी दिएमा नगद तथा सुनचाँदी जस्ता महत्वपूर्ण सम्पत्तिको व्यवस्थापन प्रभाबकारी हुने कुरामा बिश्वस्त हुन सकिन्छ । नगद व्यवस्थापनको प्रभाबकारी प्रयोगले नक्कली नोट, जालसाजी लगायतका घटनामा कमि आउने हुन्छ र कर्मचारीहरु ढुक्क भै कार्य गर्न सक्दछन्् । नगद व्यवस्थापन लाई प्रभाबकारी रुपमा त्रुटीरहित ढंगले सञ्चालन गर्न पक्कैपनि सजिलो छैन । नगद व्यवस्थापनका चुनौतिहरुलाई बुँदागत रुपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

– नगद बिभागमा कार्यरत जनशक्तिलाई जिम्मेबारी एबं भूमिकाको बारेमा प्रष्ट पारी नियमित रुपमा काममा लगाउने कार्य
– सुनचाँदीको परिक्षण र जोखिम व्यवस्थापन गर्न सक्ने पर्याप्त क्षमता एबं दक्षताको निरुपण गर्ने कार्य
– नगद सुनचाँदी तथा भल्टमा कामगर्ने जनशक्तिलाई अधिकार र दायित्वमा प्रष्ट पार्देै करारनामा गराउने कार्य
– आधुनीक उपकरण, सिसि टिभि, क्यारेट बिश्लेषण गर्ने मेशिन, नगद गन्ने मेशिन, फेक नोट डिटेक्टर, डिजिटल भल्ट ढोका, दराज लगायत साधन र उपकरणको अत्यधिक प्रयोग गराउने कार्य
– नियमित अनुगमन तथा आन्तरीक नियन्त्रणमा सुचना प्रणाली लगायतको प्रयोग गरी दुरुस्त पार्ने कार्य
– झुत्रानोट र अनाबश्यक कोषको चुस्त स्थानान्तरण गर्ने र आवश्यक भएका शाखाहरुमा नगद उपलब्ध गराउने, नोट सर्टिग गर्ने लगायतका कार्य गर्ने एकाईृको परिचालन गर्ने कार्य

प्रभाबकारी नगद तथा सुनचाँदी व्यवस्थापन
नगद तथा सुनचाँदीको साथै महत्वपूर्ण कागजातको व्यवस्थापन गर्न बैंकले नगद बिभागमा कुशल कर्मचारी तथा साधनको प्रचुर व्यवस्था गरेको हुनुपर्दछ । बैंकले सर्बप्रथम नगद तथा सुनचाँदी व्यवस्थापन गर्न बर्तमान अबस्थामा केकस्ता जोखिम आईलाग्छन्, आफ्नो बिद्यमान नगद व्यवस्थापन गर्ने तौर तरिका, म्यानुयल कार्यबिधि पूर्ण छ छैन पहिले प्रष्ट हुनुपर्दछ र नगद व्यवस्थापनलाई भरपर्दो र व्यवस्थित बनाउन बैंकले निम्न लिखित कार्यहरु गर्दा उपयुक्त हुन्छ ।
– नगद बिभाग तथा सुनचाँदीको कारोबार सञ्चालन गर्न उच्च नैतिकता भएका सहि व्यक्तिलाई खटाउनु पर्दछ
– नगद तथा सुनचाँदीको प्रभावकारी परिचालन एबं व्यवस्थापन गर्नका लागि संस्थाको जनशक्तिमा उक्त कार्यका लागी पर्याप्त ज्ञान एबं क्षमताको बिकाश गर्ने कार्य गर्नुपर्दछ ।
– कर्मचारीको छिटो छिटो फेरबदलले जोखिममा बृध्दि हुने हँुदा कर्मचारीहरुलाई नगद बिभागमा कायम राखि राख्ने पद्धतिमा ध्यानदिनु पर्ने हुन्छ । जसको निमित्त संस्थाको बिगतको अनुभब जस्तो नगद र जरनल बिभागका साथै निश्चित योग्यता पुगेका व्यक्ति लाई खजान्ची बनाई उसले पत्याएको व्यक्तिलाई भर्ना गर्न पाउने व्यवस्थाको अध्ययन गरी सकारात्मक र उपयुक्त पाईएमा लागु गर्नुपर्दछ ।
– प्रभाबकारी सुशासन तथा आन्तरीक नियन्त्रण प्रणाली लागु गरी कारोबार र नगद व्यवस्थापन गर्ने एकाईलाई आन्तरीक लेखापरिक्षण लगायत नियन्त्रण एकाईले समय समयमा नियमित रुपमा चेकजाच गर्ने पद्धति तोकिनु पर्दछ ।
– आजको अटोमेशनको युगमा नगदमा आवश्यक हुने सम्पूर्ण मेशिन, औजार र प्रबिधिको, सवारी साधन लगायत आवश्यक सामानको उपलब्धता अनिबार्य रुपमा गराईनु पर्दछ ।
– नगद व्यवस्थापन सम्बन्धी समय सापेक्ष म्यानुयल कार्य बिधि तयार गरी कर्मचारीको काम, कर्तव्य र दायित्व स्पष्ट पार्दै काममा लगाईनु पर्दछ ।
उपसंहार

सामान्यतः बैंक तथा बित्तिय संस्थाहरुमा बिगतमा कर्जाको जोखिमलाई मात्रै बढी ध्यान दिदै आईएकोमा हालमा आएर सञ्चालन जोखिमलाई महत्वका साथ हेर्ने गरिएको छ । सञ्चालन जोखिम मध्येको नगद व्यवस्थापनका बिभिन्न पाटोहरु मध्येको सुनचाँदी लगानी व्यवस्थापन, महत्वपूर्ण कागजातको व्यवस्थापन, बिमा व्यवस्थापन ,भल्ट, एटिएम, हिसाब मिलान, फण्ड टन्सफर लगायत समेत पनि उत्तिकै गंभिरता पुर्बक व्यवस्थापन गरिनु पर्ने बिषयहो जसमा व्यापक ध्यान पुगेको देखिदैन । यस्ता बिषयमा ध्यान नपुग्दा बैंकलाई कत्तिको जोखिम र नोक्सानी हुन सक्छ भन्ने कुरा हालै बिभिन्न बैंकका बिभिन्न शाखाहरुमा भएको सुनको कैफियतका घटना, नक्कली नोटको बिगबिगि र ततसम्वन्धी बिभिन्न पत्र पत्रिकामा आएका समाचारबाटै थाहा हुन्छ ।

यसरी सञ्चालन जोखिम बढाउने नगद व्यवस्थापनको कमि कमजोरीले व्यवसायको साख र सम्पत्तिमा गंभिर असर पुयाउने हुदा नेपाल बैंक जस्ता संस्थाहरुले समयमै नगद व्यवस्थापनमा ध्यान पु¥याउन जरुरी देखिन्छ । बैंकले नगद व्यवस्थापनलाई प्रभाबकारी बनाउन र नगद तथा सुनचाँदी लगायत नगद बिभाग सम्बद्ध अन्तरनिहित जोखिमलाई व्यवस्थापन गर्न प्रभाबकारी उपकरण, मेशिनका अतिरिक्त कुशल कर्मचारीको व्यवस्थापन गर्न कन्जुस्याई गर्नु हुदैन । यसै गरी आन्तरीक नियन्त्रण प्रणाली, कार्य सञ्चालन वातावरण र प्रणालीमै सुधार गरी समय सापेक्ष बनाउन सकेमा नगद व्यवस्थापनमा सुधार आई संस्थाको दिगो उन्नती हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय