२०८१ माघ २५ शुक्रबार

काठमाडाैं । चालु आर्थिक वर्षको पुस महिनामा बढेकाे छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्ष पुस महिनामा देशभरका मालपोत कार्यालयबाट घरजग्गा सम्बन्धी ९ हजार १३१ वटा सेवा प्रवाह भएकोमा यो वर्षको पुसमा यो संख्या १२ हजार २३६ पुगेको छ ।

यस्तै अघिल्लो वर्षको पुसमा ३ हजार ४३४ वटा लिखत पारित भएकोमा यो वर्षको सोही महिनामा यो संख्या ३९.५२ प्रतिशतले बढेर ४ हजार ७७७ पुगेको हो ।

विभागका अनुसार पुसमा घरजग्गा काराेबारबाट हुने राजस्व संकलन पनि बढेकाे छ ।गत मंसिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजश्व प्राप्त भएको छ ।

विभागका अनुसार सो महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ संकलन भएको छ । यस्तै, रजिस्ट्रेसन दस्तुरबाट दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पुँजीगत लाभकरबाट एक अर्ब ६० करोड ८३ लाख २८ हजार एक सय ७२ रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय