
हुलाक सेवा विभागका चिठ्ठीपत्र तथा कार्गो अब नेपाल एयरलाइन्सबाट ओसारपसार हुने भएको छ । यसअघि थाई एयरबाट हुँदै आएकोमा अब नेपाल एयरलाइन्सबाट हुने गरी दुवै निकायबीच सम्झौता भएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार सम्झौता सन् २०२१ जुलाई १ देखि लागू हुनेछ । सम्झौताले विदेशी हवाई कम्पनीलाई भुक्तानी हुने करोडौं रुपैयाँ देशभित्रै रही विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रकाश पौडेल र विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गर्र्नुभएको थियो । नेपालमा ११ चैत २०७६ पछि बन्द भएको थाई एयरवेजको उडान हालसम्म बन्द रहेको छ ।