२०८१ माघ २५ शुक्रबार

नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । तिवारीलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो । उनलाई माघ ३ गतेको सञ्चालक समिति बैठकले नेपालको एसबीआई बैंक हेर्नेगरी सीईओमा नियुक्त गरेको हो ।

यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए । यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए । उनको कार्यकाल बुधबार सकिएको छ ।

कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन् । उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय