२०८१ माघ २५ शुक्रबार

काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेप कर्जा प्रवाह दुवैमा सामान्य सुधार देखिएको छ । केन्द्रीय बैंकको पुष २७ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ९३ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ६६ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।

यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि २ अर्बले नै बढेको छ । पुष २६ गते ५९ खर्ब ५२ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले २७ गते ५९ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

समीक्षा अवधिमा कर्जा प्रवाहमा सुधार देखिएको छ । पुष २६ गते ५३ खर्ब ८६ अर्ब कर्जा प्रवाह भएकोमा पुष २७ गते ५३ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरूबाट हुने कर्जा प्रवाह भने स्थिर रहेको छ । पुष २६ गते ४७ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २७ गतेपनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकका अनुसार सो समयमा सीडी रेसियो ७९ दशमलव २० प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय