२०८१ मंसिर २३ आईतवार

काठमाडौं – मर्चेन्ट बैंकर्स संघमा नयाँ नेतृत्व चयन भएको छ । जस अन्तर्गत एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी, महासचिवमा गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिृकत निर्मल भट्टराई र कोषाध्यक्षमा एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिृकत शिवनाथ बहादुर पाँडे निर्वाचित भएका छन् ।

संघका सदस्यहरुमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिृकत सन्दीप कार्की, नेपाल एसबीआई क्यापिटलका प्रमुख कार्यकारी अधिृकत लेखनाथ पोखरेल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिृकत पुष्प शर्मा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय