२०८१ माघ २७ आईतवार

काठमाडौँ । नेपालको सार्वजनिक ऋण दायित्व ९४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो २ महिनाको अवधिमा ९४ अर्ब ५२ करोड रुपैयाँ ऋण थप भई २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको हो । जुन कुल गार्हस्थ उत्पादनको ४४ दशमलव ३२ प्रतिशत हो । गत आवको अन्त्यसम्ममा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो । गत साउन मसान्तसम्ममा पनि ४१ अर्ब ११ करोड रुपैयाँ ऋण दायित्व थपिएर २४ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको थियो ।

तथ्यांकअनुसार गत आवको असारमसान्तसम्म आन्तरिक ऋण दायित्व ११ खर्ब ८० करोड रुपैयाँ थियो, भने बाह्य ऋण दायित्व १२ खर्ब ५३ अर्ब रुपैयाँ थियो । कुल गार्हस्थ उत्पादनको आधारमा आन्तरिक ऋणको दायित्व २१ दशमलव ६६ प्रतिशत छ भने बाह्य ऋण दायित्व २२ दशमलव ६६ प्रतिशत छ । भदौ महिनासम्ममा भुक्तानी गर्न ऋण भनेको आन्तरिक ऋणतर्फ १२ खर्ब ३५ अर्ब र बाह्य ऋणतर्फ १२ खर्ब ९२ अर्ब रुपैयाँ भएको तथ्यांकमा उल्लेख छ ।

समीक्षा अवधिमा १ खर्ब ४ अर्ब ऋण दायित्व प्राप्ति भएको छ । जसमध्ये आन्तरिकतर्फ ९० अर्ब र बाह्य ऋणतर्फ १४ अर्ब ५ करोड प्राप्ति भएको छ । त्यस्तै सोही अवधिमा ३९ अर्ब ६७ करोड भुक्तानी भएको छ । जसमध्ये आन्तरिक ऋणतर्फ ३५ अर्ब र बाह्य ऋणतर्फ ४ अर्ब ६७ करोड भुक्तानी भएको छ ।

सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ प्राप्ति भएको जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत हो । जसमध्ये आन्तरिक र बाह्य ऋण क्रमश २७ दशमलव २७ र ६ दशमलव ४८ प्रतिशत छ ।

तथ्यांकअनुसार सरकारले चालु आवको लागि आन्तरिक ऋणतर्फ ३ खर्ब ३० करोड र बाह्य ऋणतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने वार्षिक लक्ष्य राखेको छ । जसमध्ये भदौ महिनासम्ममा आन्तरिकतर्फ ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ, भने २ खर्ब ४० करोड रुपैयाँ प्राप्त हुन बाँकी छ । बाह्य ऋणतर्फ १४ अर्ब प्राप्त भएकोमा २ खर्ब २९ करोड प्राप्त हुन बाँकी रहेको छ ।चालु आवको ऋण सेवा खर्चमा ४ खर्च २ अर्ब वार्षिक बजेट विनियोजन भएको छ । जसमध्ये भदौ महिनासम्ममा ४७ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी भएको छ । यो रकम वार्षिक बजेट विनियोजनको आधारमा ११ दशमलव ८४ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत छ ।

२ महिनामा आए ६०० विदेशी लगानीकर्ता

चालु आर्थिक वर्षको २ महिनामा ६०० विदेशी लगानीकर्ता नेपालमा आएका छन् । उद्योग विभागको सिफारिसअनुसार गत वर्षको तुलनामा १०० जना बढी नेपालमा भित्रिएका हुन् । आर्थिक वर्ष २०८०–०८१ मा ४९८ लगानीकर्ता नेपाल भित्रिएकोमा चालु आवमा ६०० पुगेका हुन् । कम्पनीको प्रतिनिधिको रूपमा गत वर्ष ५१ जनालाई भिसा सिफारिस गरेकोमा अहिले १३६ जनालाई भिसा दिएको छ ।

१४९ उद्योगले नेपालमा विदेशी नयाँ लगानीको स्वीकृति लिएका छन् । साउन र भदौमा अटोमेटिक रुटबाट ५२ र म्यानुअल रुटबाट ९७ वटा उद्योगले अनुमति पाएका हुन् । करिब १३ अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालमा लगानीको प्रस्ताव गर्नेमा अधिकांश साना उद्योग रहेका छन् । प्रतिबद्धतामध्ये ६९ प्रतिशत पर्यटन क्षेत्रमा रहेको छ भने सेवा क्षेत्रमा २१ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय