२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । सरकारले दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको दुई महिनामा उक्त रकम संकलन गरेको हो ।
सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको थियो ।

जुन गत वर्ष यही अवधिमा संकलन भएको राजश्व भन्दा ९.७४ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजश्व संकलन भएको हो । साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्ब भन्दा बढी राजश्व संकलन हुने अर्थ मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजश्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर