२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा घरजग्गा कारोबारमा सुधार देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत पारित भएको छ । गत साउनमा ३९ हजार २ सय ६३ लिखत पारित भएको थियाे। जसअनुसार साउनमा घरजग्गाको कारोबार १२ प्रतिशतले बढेको हाे ।

सरकारले कित्ताकाटमा गरेको कडाइ, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव तथा उच्च ब्याजदर र आर्थिक शिथिलतालगायतका कारण पछिल्लो दुई वर्षयता नेपालमा घरजग्गा कारोबार सुस्ताएको थियो ।

यता घरजग्गा लिखत पारितसँगै मालपोत कर पनि बढेको छ । चालु आव साउनमा ३ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । जुन गत आव सोही अवधिको तुलनामा ३१.७७ प्रतिशतले धेरै हो । साउन २०८० मा घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख बराबर राजस्व प्राप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर