२०८१ माघ २९ मंगलवार

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन सरकारको वार्षिक लक्ष्यको ६.६८ प्रतिशत हो ।साउनमा १ खर्ब २० अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो ।

साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व रु ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व रु १७ अर्ब ३३ करोड छ। सरकारले चालु आर्थिक वर्षका कर राजस्व रु १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान रु ५२ अर्ब ३२ करोड ६५ लाख गरि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय