२०८३ बैशाख ५ शनिबार

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी र नीजि क्षेत्रका विद्युत आयोजनाहरू गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मागावाट पुगेकाे छ । विगत ८ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा १ हजार ७ सय ६ मेगावाट थपिएकाे प्राधिकरणले जनाएकाे छ।

विद्युत जडित क्षमता सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात २ हजार ९ सय ९१ मेगावाट याेगदान जलविद्युतकै छ । थर्मल उर्जा ५३ मेगावाट, साैर्य उर्जा १ सय ७ मेगावाट र वायाेमास उर्जा ६ मेगावाट छ ।

८ वर्ष अघिसम्म विभिन्न कारणले ठप्प रहेकाे नीजि क्षेत्रका विद्युत आयोजनाहरूसँगकाे विद्युत खरिद बिक्रि सम्झाैता (पिपिए) लाइ खुला गरि जलाशययुक्त, पिकिङ रन अफ रिभर, रन अफ द रिभर र साैर्य उर्जाका लागि छुट्टा छुट्टै दर तय गरिएकाे प्राधिकरणले जनाएकाे छ । यसबाट नेपालकाे जलविद्युतमा स्वदेशी तथा विदेशी लगानीकर्ताकाे आकर्षण बढेकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर