२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । पछिल्लाे समय सेयर बजारमा छाएकाे उत्साहसँगै सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएकाे छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्कअनुसार डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी पुगेको छ । गत शुक्रबारसम्म कुल ६३ लाख ४३ हजार ३ सय ६१ वटा डिम्याट खाता खुलेका हुन् ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय मात्र थियो । पछिल्लो एक वर्षमा यो संख्या बढेर करिब साढे ६३ लाख पुगेको हो ।

पछिल्लो समय नेप्सेमा दैनन्दिन रुपमा उच्च रकमको कारोबार भइरहेको छ। गत साताको पहिलो कारोबार दिन दुई पटकको सर्किट ब्रेकपछि सम्हालिएको बजार ११३ दशमलव ४२ अंक बढेको थियो । दोस्रो दिन नाफा बुक गर्दा २० दशमलव ४६ अंक करेक्सन भएको बजार तेस्रो दिन ३५ दशमलव ५५ अंक र चौथो दिन ६४ दशमलव २६ अंक बढेको थियो । अन्तिम कारोबार दिन ५ दशमलव २९ अंकको करेक्सन बजारमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर