२०८१ मंसिर २३ आईतवार

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः कविप्रसाद पाठक नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाठकलाई पुनर्नियुक्ति दिएको हो । पाठकको जेठ ६ गते नै कार्यकाल सकिएको थियो । पाठकलाई कार्यसम्पादन तथा मूल्यांकनका आधारमा पुनर्नियुक्ति दिएको बताइएको छ ।

पाठकले बुधबारदेखि कार्यभार सम्हाल्नुभएको छ । संस्थानको आर्थिक वर्ष २०६८/०६९ सालसम्मको लेखापरीक्षण स्वीकृति भइसकेको र २०६९/०७० सालदेखिका लेखापरीक्षणका काम बाँकी रहेको भन्दै उहाँले बाँकी कामलाई तीव्रता दिइने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय