२०८३ बैशाख ५ शनिबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्ति भएका छन् । रेग्मी बैंकको ग्लोबल आइएमई बैंककै सिनियर डेपुटी सिईओ पदमा कार्यरत थिए । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई भदौ १ गतेदेखि लागू हुने गरि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल यहि महिना साउनको मसान्तमा सकिँदैछ । रेग्मीले करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा एमए तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर