२०८३ बैशाख १० बिहीबार

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टा वार्तापछि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तय भएको हो ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफलको सुझाव समेत समावेश गर्दै व्यवस्थापन समितिमा मस्यौदा पेस गर्नुपर्ने व्यवस्था मौद्रिक नीति तर्जुमा कार्यविधिले गरेको छ । त्यसअनुसार मस्यौदा पेस भइसकेको छ ।

व्यवस्थापन समितिमा पनि एक चरणको छलफल सकिएको राष्ट्र बैंकले जनाएको छ । बिहीबार व्यवस्थापन समितिको छलफलपछि शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर