२०८३ बैशाख १० बिहीबार

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार चौथो साप्ताहिक वृद्धितर्फ अग्रसर देखिएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार भाउ सामान्य घटेर कारोबार भइरहेपनि साप्ताहिक वृद्धितर्फ अग्रसर रहेको रोयटर्सले उल्लेख गरेको छ । यसअघिका ३ साता पनि कच्चा तेलको भाउ बढेर बन्द भएको थियो ।

शुक्रबार भने अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ ०.०८ डलरले घटेर प्रतिब्यारेल ८७.३५ डलरमा कारोबार भइरहेको छ । यस्तै, अमेरिकी बेन्चमार्क ‘डब्लुटीआई क्रुड’ पनि ०.०२ डलरले घटेर प्रतिब्यारेल ८३.८६ डलरमा कारोबार भइरहेको छ । शुक्रबारको कारोबारमा सामान्य घटेपनि कच्चा तेलको भाउ विगत २ महिनायताकै उच्च विन्दुमा स्थिर रहेको रोयटर्सले उल्लेख गरेको छ ।

गर्मीको मौसममा अमेरिकाको तेलको माग थप बढ्न सक्ने र आपूर्ति श्रङ्खलामा असर पर्नसक्ने देखिएपछि तेलको भाउ बढेको रोयटर्सले उल्लेख गरेको छ । रुसी तेल उत्पादकहरु रोजनेफ्ट र लुकआयलले जुलाईमा ब्ल्याक सी बन्दरगाहबाट हुने तेल निर्यातमा तीव्र कटौती भएपछि आपूर्ति श्रङ्खलामा असर पर्ने रोयटर्सले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर