नियामकीय भुमिका हुँदै बीमा कम्पनीको कार्यकारी प्रमुखको भुमिका निर्वाह गर्ने अवसर एकदमै कमलाई हुन्छ । बीमा आफैमा प्राविधिक क्षेत्र हो अझ सबैभन्दा धेरै नियमनको दायरामा रहने पेशा पनि हो । बीमा क्षेत्रलाई राम्रोसँग बुझेका मध्येमा पर्छन् चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईं । उनी हाल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सीईओका रुपमा कार्यरत छन् । मर्जरपछि कम्पनीको व्यवस्थापनलाई हाँकिरहेका उनै सीईओ प्रसाईसँगको कुराकानी सान्दर्भिक ठानेर इन्स्योरेन्स खबरबाट साभार प्रस्तुत गरिएको छ :
तपाई मर्जरबाट गुज्रिएको कम्पनी प्रभु महालक्ष्मीको सीईओ हुनुहुन्छ । पुँजी बढ्यो त्यही आकारमा व्यवसाय बढेको छ कि छैन ?
पुँजी र मर्जर फरक पाटो हो । अहिले तपाइँले नेपालका ठूला कम्पनीहरु हेर्नुभयो भने जसले विगत १५–१६ वर्षदेखि काम गरिरहनुभएको छ । उहाँहरुको पनि पुँजीबराबरको प्रिमियम पुग्न सकेको छैन । फस्र्ट प्रिमियमको कुरा गर्दा । अब रिन्युअलमा त उहाँहरु र हामी सबै ठीकै छौँ । अहिलेको हकमा हामी दुवै कम्पनी ६–७ वर्षको अनुभवले एक भएका हौँ । हामीले दुवैको जोड्दा पुँजी त ५ अर्ब रुपैयाँ पुग्यो तर बिजनेस दुवैको ६०–७० करोडको हाराहारीमा थियो । त्यो गरेर हामी १.५ मा पुगेका छौँ । लाइफ इन्स्योरेन्स भनेको लामो समयको व्यवसाय हो । ४–५ वर्ष त यसका लागि इन्फ्यान्टमात्रै हो ।
सिनर्जीको कुरा हामी गर्दै थियौ“ । तपाइ“हरुले पहिले सिंगल कम्पनीको नेतृत्व र अहिले दुईको गर्दा व्यवसाय एकबाट दुई, दुईबाट तीन, तीनबाट चारमा पुग्यो कि ?
यो चाहिँ लिडरसिपमा भरपर्ने कुरा हो । सिनर्जीमा विभिन्न वे अफ वर्किङबाट काम हुने हो । नेपालमा अहिले नै आनन्दले इच्छा भएर भएका मर्जरहरु कम छन् । अब त्यो अगाडि गएर मर्जर किन भयो भनेर फाइदा छैन । अब मर्जरलाई केही समय लिन्छ । अहिले हामी साइकोलोजि–कल्ली कामका लागि तयार भएको अवस्था– मा छौँ । अब नाउ अ डेज टु कम भन्नेमा हामी छौँ ।
तपाइँँले क्लियर भन्नु न । मर्जरको बेलामा तपाइँहरुले ह्युमन क्यापिटललाई व्यवस्थापनमा चुक्नु भयो भन्ने छ नि ?
यसमा यस्तो हो । दुईवटा कम्पनी मर्ज भइरख्दा कतिले इच्छा होलान्, नहोलान् । त्योभन्दा पनि जुन स्थितिमा छ । त्यहाँबाट अघि बढ्ने हो । इगोले पनि समस्या पारेका छन् । अब हामीले नो भन्दा पनि कहीँ मिट हुने हिसाबले काम गर्न जरुरी छ । हाम्रै कम्पनीको कुरा गर्दा पनि एउटा टप लेभल भीआरएस लिएर जानुभयो । काम गर्ने माहोल चाहिँ बनेको छ । प्रोगेसिभली लास्ट इयरको ४ महिना र अहिलेको ४ महिना हेर्ने हो भने हामी बेटरअप भइरहेका छौँ । बिजनेस कसरी हेर्ने भन्ने छ । हामी कन्भेन्सेनल बिजनेस गरिरहेका छौँ । त्यो भनेको सस्टेन्ड हुने खालको बिजनेस पनि हो । अर्को भनेको फरेन एक्सपार्ट भन्ने पनि छ । नेपालमा पहुँचका आधारमा भारत र भुटानभन्दा राम्रो छ । जीडीपीमा योगदान राम्रो छ तर सस्टेनेबल प्रिमियर लिएर लाइफ फन्ड बढाउनुपर्छ ।
बीमा फोर्स सेल नै हो । बुझाएर गर्न सकिन्छ कि ?
नेपालको कन्टेक्स्टमा फोर्स सेल नै हो । यो इन्कमले निर्धारण गर्छ । हाम्रो प्रायोरिटीले यसमा भर पर्छ । जम्मा एक हजारमात्र खर्च हुन्छ । अहिले अनलाइनबाटै लाइसेन्स लिनुपर्छ । तर, यसमा दुःख गर्नुपर्छ । तपाइँहरुले पनि मिडियामा दुःख गर्नुभयो होला ।
बीमा अलि बढी नै प्राविधिक भयो । धेरै कुरा बुझिएन भन्ने पनि छ नि ?
त्यो आजभन्दा ८ वर्ष अगाडि जस्तो थियो, त्योभन्दा परिवर्तन छ । म आफैँले बुझ्दा यो बचत नै हो । सानो
इन्कमबाट पनि सेभ गर्न सकिन्छ । आपतमा चाहिन्छ भनेर बीमा गर्ने हो । हाम्रोमा इन्ट्रेस्ट रेट राम्रो भएकाले यहाँबाट पाउने बोनस पनि राम्रै हुन्छ । तपाइँहरुले जापानतिर जानुभयो १–२ प्रतिशतमात्रै छ । अरु युरोपमा पनि कम छ । लगानीभन्दा कम पाइन्छ ।
बोनस २० देखि ९५ दिन्छौं भन्ने गरिन्छ । के यो रेसनल होला र ?
मैले फेरि पनि भने नेपालमात्रै एउटा यस्तो देश हो जहाँ बोनस फोकस हुन्छ । हामीले दिन सक्ने कुरा राम्रै छ । सबै कुरा लोड गरेर प्रडक्ट बनाएको हुन्छ । क्लेम रेसियो, रिक्स कभर, एक्सपेन्स र अझ भनौ बीमा प्राधिकरणले नै त्यो सबै कुरा हाल्नु भनेको छ । यसमा जुन बीमा कम्पनीको प्राइस कम छ, उसको बोनस कमै छ । बोनस धेरै भएकाको प्रिमियम धेरै हुन्छ ।
यसमा बीमितमा द्विविधा पर्न सक्छ कि पर्दैन ?
यो मिससेलिङ चाहिँ होइन । बोनस प्रत्येक वर्ष हेरिन्छ । प्राइसअनुसार बोनस हेर्दा त्यसमा न्यान नै भएको छ । फ्युचर बोनसकै कारण पनि कतिपयको बोनस घट्न थालेको अवस्था छ ।
तपाइ“हरुको मूल आम्दानीको स्रोत नै ब्याज हो ?
हो ।
दुई प्रतिशत कम दिन्छ क्या हो राष्ट्र बैंकले ?
एस ।
त्यसले त यता पोलिसी सेल गर्न फरक पार्छ कि ?
यसमा एभरेज रेट ६ भए पनि अधिकांश कम्पनीको रेट ६ भन्दा माथि नै छ । त्यो त जहिले पनि फक्चुयट हुन्छ । नेपालमा भोलाटायल छ । हामीले १३ मा राखेको एफडी ६ मा आएको छ ।
तैपनि बैंकले लग्नु भनेको पनि छन् ?
यो त उल्टो हुँदो रहेछ क्या । इन्ट्रेस्ट हाई हुँदा हाम्रो डिमान्ड हुन्छ, नत्र हामी प्रायोरिटीमा हुँदैनौँ ।
तपाइँहरुको यसमा केही दीर्घकालीनता रहेन छ नि ?
यसमा पनि केही एभिन्युज खुलेको छ । केही डिफल्ट हुन सक्छ, बोनसमा कुनै बेलामा हिट हुन सक्छ । कम्पनीअनुसार २ अर्ब धेर–थोर हुन सक्छ । अहिले होटल, एयरलाइन्सका कुरा पनि आएका छन् ।
अहिले बीमा गर्नेभन्दा बैंकमा राख्ने कुरा आएका छन् नि ?
तपाइँले बैंकमा लाख तिरेर बीमा सुविधा पाउने हो । बीमाले थोरै रकम लिएर सुविधा दिने हो । हाम्रो जस्तो देशमा बीमा बचत हो ।
तपाइँहरुको प्रायोरिटी केमा हो ?
हाम्रो प्रायोरिटी रिस्कमा हो । बोसन, रिटर्न दिन सक्ने भए जोखिम लिने हो । सम्झौतामा तिमीलाई केही हुँदा पैसा दिने भन्ने हो । २५ लाखको बीमा गर्दा एक किस्ता तिर्दा केही भयो भने २५ लाख नै तिर्नुपर्छ ।
तपाइँहरुलाई अवसर कहिले हुन्छ ?
रिसेसनको बेलामा पेन हुन्छ, हामीले त्यसलाई अवसरका रुपमा लिने हो ।
तपाइँहरुले देखेको ग्रीन जोनचाहिँ कता हो नि ?
अझै पनि हामीले कन्भेन्सेनल जोनमा अझै पुगेनौँ । हामीले बीमा बुझाउन सकेनौँ । एजेन्सीलाई नै तालिम पुगेको छैन । बारपाकमा भूकम्प जाँदा धेरैजनाको मृत्यु भयो । काठमाडौंमा १० हजार मान्छेको मृत्यु भयो । त्यति बेलामा बीमा भएको भए यति धेरै टाउको दुखाउनुपर्ने थिएन ।
भनेको राज्य अभिभावकका रुपमा आउनुप¥यो ?
हुन त मान्छेहरुको ओपिनियन फरक होला । तर, अहिले हाम्रो ४० हजारको छुट छ । प्रत्येक वर्ष यसैको बारेमा कुरा भइरहेको छ १ लाख बनाऔँ भन्ने छ । यसले पनि ६० हजार छुट हुँदा पनि बीमा हुन्छ । देशलाई योगदान गर्छ । बजेट आउने अगाडि ठूल्ठूला कुरा भए पनि बीमाको पार्टमा केही पनि पर्दैन ।
तपाइ“हरुको पार्टबाट हेर्दा पुसअप गर्न सकिएन भन्ने लाग्ला नि ?
हामीले रेगुलेटरमा भन्ने उहाँहरुले मन्त्रालयमा भन्ने हो । त्यो शाखासम्म पुगेकै छ, अब लेट सी के हुन्छ ।
बीमा प्राधिकरणसँग स्थानीय तह जानु भएको छ । उहाँहरुको रेस्पोन्स कस्तो छ ?
राम्रो छ । कुन मानेमा राम्रो छ भने तपाइँले मानौँ ५ वर्ष अगाडि ७ प्रतिशतको पहुँच ३० प्रतिशत नाघेको छ । प्राधिकरणको डेटामा ४० प्रतिशत नाघेको छ । पपुलेसन यही छ । एउटा मान्छेले बीमा धेरैवटा गर्छ । एकबाट १० को बीमा गर्छन्, त्यो चाहिँ म्याचुअर्ड गरे पनि गर्छ र बजार बढाउँछ ।
गरिबको बीमा गराउने लोकप्रिय स्लोगन छ कसरी गराउने ?
बीमा साँच्चै चाहिने गरिबलाई हो ।
कसरी ?
पैसा हुँदैन । भोलिको दिनमा केही प¥यो भने गाह्रो हुन्छ । सेभ उहाँहरुले गर्नुपर्छ । संवेदनाले चल्दैन, पैसा पनि चाहिन्छ । सपोर्ट गर्ने सन्तान बीमा बनिदिन्छ । ६० वर्षमा रिटायर्ड हुनेलाई बीमा आवश्यक छ । २५ लाखको बीमा गरे पनि ४५ लाख पाउँछ । कसैलाई १० लाख पनि आवश्यक छ ।
गरिबसँग पैसा छैन । उनीहरुलाई सामाजिक सुरक्षामा जोडेर बीमा ल्याउन मिल्दैन ?
गज्जब हुन्थ्यो । त्यो चाहिँ हामीले भन्ने मात्र हो, राज्यले हेर्नुपर्छ ।
स्थानीय तहले पनि इन्सेन्टिभ जोड्न सक्छौं नि ?
माइक्रो लेभलमा गएर काम गर्न जरुरी छ ।
प्रोफिटेबल छ त त्यो ?
अँ, छ नि । त्यो कम्पनीले हेर्ने हो । एक्चुरीले हेर्छन् । बीमामा अहिले बेच्ने अनि १० वर्षपछि नतिजा हेर्ने हो ।
प्रिमियम संकलन गर्नुमात्र सफलता होइन, रिटर्न दिनुपर्छ नि ? क्यालिटी चाहिन्छ नि ।
एक्चुरी, व्यवस्थापन, सीईओले त्यो हेर्नुपर्छ । एकपटक लिएको जोखिम १५ वर्षसम्म लिनुपर्छ । १० अर्बको जोखिम लिने भएकाले म प्रत्येक २ वर्षमा पोलिसीहरु हेर्नुपर्छ भन्छु । आउने कुरा कम हुँदा दिने कुरा कति गएको छ, सबै हेर्नुपर्छ । १८ वर्षका पोलिसीमा इन्सेन्टिभ थिएन । अहिले दिएका छौँ ।
तपाइँहरु उस्तै प्रडक्ट बेच्नु हुन्छ है, नाम फरक राखे पनि ?
अल्मस्ट त उस्तै हुन्छ ।
अलि छान्ने अप्सन हेर्ने खालको केही हुँदैन ?
धेरै मान्छेलाई थाहा छैन । ‘ए’ मा बीमा गराएर ‘बी’ भन्ने कम्पनीमा आउने ग्राहक पनि हुनुहुन्छ ।
फरक कहाँ हुन्छ ?
फरक त नाममा नै हुन्छ ।
प्रडक्टमा ?
धेरै कम फरक आएका छन् । त्यसमा केही समस्या छन् । रिस्क लिन नसकेको अवस्था छ तर भेरियसन ल्याउन लागेका छौँ ।
तपाइँ सीईओले आफ्ना आश्रित वर्गलाई म्यानेज गरेर सबैलाई चित्त बुझउन सकिन्छ ?
यो टिमवर्क हो । बोर्डको निर्देशन, आइडिया सबै मिलेर गर्ने हो । यसमा नाफा पनि दुई किसिमका हुन्छन् । इन्भेस्टमेन्ट प्रोफिट सबैको उस्तै हुन्छ । तपाइँले अल्टरनेटिभ खोज्नुहुन्छ । कम्पनीले राम्रो गर्दा सीईओ र सीईओले राम्रो गर्दा कम्पनीलाई त राम्रो हुने हो नि ।
प्रोफिटमा तल–माथि हुँदा कसरी कान ठाडो पारेर मिलाउनु हुन्छ ?
मानौँ तपाइँले प्रोडक्ट बनाउँदा खेरी धेरैमा कम क्लेम पर्ने भन्ने हो । धेरै जोखिम पर्दा नाफा कम हुन्छ ।
अन्डरराइटिङ प्रोफट राम्रो हुनुपर्छ भन्ने हो ?
हो नि, राम्रो हुनुपर्छ ।
तपाइँहरु लसको पोलिसी त बेच्नु भएको छैन नि ?
छैन । हजार वटा बेच्दा ५ लस हुनुपर्ने भन्ने हुन्छ १० भयो भने अन्डरराइटिङ फेरि गर्नुपर्छ । यसमा एक्चुरीले लेखेको हुन्छ । लस हुने प्रडक्ट बेच्नु हुन्न ।
रेगुलेटरबाट अहिले कम्पनीमा आउनु भएको छ । यसमा के फरक पाउनु भयो, उताबाट र यताबाट हेर्दा ?
अभियसली फरक छ । उताबाट गर भन्ने हो । यताबाट गर्ने हो ।
नियामकले एक किसिमको भाइब्रेसन ल्याउन खोजेको जस्तो देखिन्छ । व्यापारका लागि तपाइँहरु केही समस्या भएको हो कि ?
रेगुलेटरले आफ्नो धर्म निभाउने हो । उहाँहरुले पनि राम्रोकै लागि गर्ने हो । पहिले–पहिले प्रडक्ट बनाउन ६ प्रतिशत डिस्काउन रेट राखेको थियो । त्यसले पनि हामीलाई बचाएको छ ।
शाखा र मान्छे राख्न निर्देशन दिएको देखिन्छ, त्यो गर्न पाउने कि नपाउने ?
त्यसो गर्न पाउने तर तपाइँले मलाई १५ ब्रान्च बनाभन्दा त्यस्तो कसिमको शाखा त चाहियो नि । सहकारी डुब्यो तपाइँको डुब्छ कि डुब्दैन कि भन्ने पनि छन् । कम्पनीपिच्छे फरक धारणा होला । प्राधिकरणले शाखा चाहिँ शाखाजस्तो देखाउनु भनेको होला नि । अहिले ब्रान्च खोल्ने चलाउने काम कम्पनीको हो । हामीलाई मोडालिटी चाहिँ दिएको छ । २५० ब्रान्च बनाउनु पनि भन्नु हुन्छ । एउटा प्लासटिकको कुर्सीमा बसेको देख्दा गाह्रो त गाह्रो छ नि ।
तपाइँहरुको इमेज दाबी भुक्तानीमा जोडिन्छ, १० निकायको पत्राचारमा समय लाग्छ नि ?
हामीले १०० मा ९९ क्लेम सेटल गर्छौ । तर, त्यही ९९ वटा सेटल गरेको कुरा मान्छेलाई बुझाउन सकेका छैनौँ । कुनैमा साथीहरुले नबुझ्दा वा जानी–जानी गरेकोमा समस्या छ । नियत ठीक नभएको बेलामा बीमाले पैसा रोक्न सक्छ ।
फ्युचर बोनसले कस्तो नतिजा दिन्छ ?
अलि छिटो आउनुपथ्र्यो । यसले बीमाको बोनसमा धेरै तल–माथि नहोस् भनेर हो । ६५ भनेको बोनसमा २–५ रुपैयाँ घट्न सक्छ । धेरै कटाउन पाइँदैन । अब प्राधिकरणले कडाइ गरेको छ ।
अभिकर्ताहरुमा एकाधिकारको नियमले मोटिभेट गर्छ त ?
यो एउटा माटो सुहाउँदो हो । पहिलो कुरा खोज्ने आफ्नो घरकै हो । यसमा यो कुरा आएको छ । लाइफ इन्स्योरेन्स जस्तो कुरा मृत्युले दिने हो । आफूलाई मार्दैन भनेर बीमाका अवधारणा अघि ल्याउने । आमा, नाति, छोरा भयो भनेर फरक गर्न खोजेको होला तर मामा, काका, भाइको सर्कलको बीमा गरेर म्याचुअर्ड हुने हो । ओभरनाइट खतरा एजेन्सी बन्दैन । कमिसन आउँदै गर्दा उनीहरुले मोटिभेट हुँदै जान्छन् । १० चोटी भन्न पनि सक्नुप¥यो । आफ्नो मेहनतले फल दिन्छ भन्ने हुनुपर्छ ।
तपाइँहरु कान्छो कम्पनी, नम्बर गेममा कहाँ हुन्छौं ?
हामी टप फाइभमा पुग्न सक्छौँ होला । नम्बरका लागिभन्दा लाइनमा ल्याउने गरी काम गर्नुप¥यो । सुरु भएका कम्पनी र पुराना कम्पनी उस्तै ठाउँमा छन् । भारत र जापानमा यो भन्दा फरक खर्च छ । त्यहाँ जेट चढ्छन् ।















