२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । चालु आर्थिक वर्षकाे वैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ बैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई प्रवाह भएको रु.१३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३ ऋणीलाई प्रवाह भएको रु.९४ अर्ब ४ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७४ हजार ९ सय ४२ महिला उद्यमीलाई प्रवाह भएको रु.४२ अर्ब ८७ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय ८६ ऋणीको रु.१ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर