२०८१ माघ २९ मंगलवार

काठमाडौं : चालु आर्थिक वर्षको १० महिना अर्थात, वैशाखसम्म वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (इपीएस) औसतमा १३ रुपैयाँ ५५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरुको नाफालाई आधार मानेर प्रतिसेयर आम्दानी निकालिएको हो ।

यिनीहरुमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी स्टान्डर्ड चार्टर्ड बैंकको २८ रुपैयाँ २६ पैसा (वार्षिकीकरण नगरिएको) रहेको छ । दोस्रोमा, एभरेष्ट बैंकको २५ रुपैयाँ ३२ पैसा र तेस्रोमा नबिल बैंकको इपीएस २० रुपैयाँ १९ पैसा इपीएस छ ।

तथ्यांक अनुसार सबैभन्दा कम नेपाल बैंकको प्रतिसेयर आम्दानी देखिएको छ । ४ वटा बैंकको उक्त आम्दानी १० रुपैयाँ भन्दा कम छ । चुक्ता पुँजी अनुसार व्यापार विस्तार गर्न नसक्दा बैंकहरुको इपीएस कम देखिएको हो । त्यसमाथि, यिनीहरुको नाफामा पनि निकै दबाब परेको छ । यस अवधिसम्म बैंकहरुले कुल ४८ अर्ब ५९ करोड रुपैयाँ भन्दा धेरै खुद नाफा कमाएका छन् ।

आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा यिनीहरुको नाफामा दबाब परेको हो । बैंकहरुको खराब कर्जा बढ्दा आम्दानीमा असर परेको छ । आर्थिक मन्दी, सुस्त व्यापार, कर्जाको माग कम हुनुलगायतका कारणले बैंकहरुको प्रदर्शन सन्तोषजन देखिदैंन । जसको प्रभाव इपीएसमा पनि देखिएको हो ।

यद्दपि, कम्पनीहरुको मूल्यांकनमा प्रतिसेयर आम्दानीलाई मात्र आधार बनाउनु भने हुँदैन । यसमा ग्रोथ सम्भावना, भविष्यमा थप व्यवसाय विस्तार र अरु रणनीतिक विषयहरुलाई पनि अध्ययन र आधार बनाउन सक्नुपर्छ । साथै, अरु कतिपय महत्वपूर्ण सूचकहरु पनि अध्ययन र विश्लेषण गर्न जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय