२०८३ बैशाख १० बिहीबार

काठमाडौं – सरकारले साढे २१ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। वैदेशिक सहयोग र राजस्वबाट खर्च नचल्ने भएपछि सरकारले आन्तरिक ऋण उठाउन लागेको हो ।

अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ २८ गते जारी हुने २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। कार्यालयले २८ दिने ५ अर्ब रुपैयाँ ९१ दिने ८ अर्ब ५० करोड रुपैयाँ र १८२ दिने ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ।

यी ट्रेजरी बिल क्रमशः असार २५ गते, भदौ २५ गते, मंसिर १८ गते र मंसिर २५ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल भोलि (सोमबार) बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर