२०८१ माघ ११ शुक्रबार

काठमाडौं– सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गर्ने निर्णय गरेको हो । व्यवसायीहरुले आन्तरिक उडान सुरु गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

सरकारले अन्तर्राष्ट्रिय उडान संख्या पनि बढाउने भएको छ । काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं-इस्तानबुलमा साताको दुई, काठमाडौं-दुबई रुटमासातामा चार उडान हुने भएको छ । काठमाडौं दमाम रुटमा साताको दुई, काठमाडौं-कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको एक र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । काठमाडौं-छेन्दु र ग्वाङझाओ रुटमा साताको एक(एक उडान हुने गरि खुलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय