२०८१ माघ २४ बिहीबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । १६ वर्षअघि ८ औ तहबाट राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए ।

किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।उनै खनाल खुल्ला प्रतिस्पर्धाबाट आवेदन दिएका १९ जना, सर्टलिष्टमा परेका ५ जना प्रतिस्पर्धीमध्य सीईओ पदका लागि छनाेट भएका हुन् ।

बैंकले बिहीबार एक सूचना जारी गर्दे खनाललाई कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरिएकाे जानकारी दिएकाे छ। १९ जनाबाट ५ जना छनोट गरेर अन्तरवार्ता गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हाे।

सन् १९७३ मा गोरखामा जन्मिएका घिमिरेले २०४५ सालमा आफ्नो एसएलसीसम्मको अध्ययन गोरखाबाटै पुरा गरेका हुन्। नेपाल चार्टर्ड एकाउन्टेन्टस् समेत रहेका खनालले व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। साथै कानूनमा एलएलबी गरेका छन्। २०६४ सालमा आठौं तहबाट बैंकमा सेवा प्रवेश गरेका खनाल प्रादेशिक कार्यालयमा विभागीय प्रमुख हुँदै, नायब महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत, कायम मुकाय सीईओ हुँदै अहिले सीईओमा छनोट भएका हुन्।

गत वैशाख ७ गते राष्ट्रिय वाणिज्य बैंकको सीईओ छनोट समितिले दरखास्त आह्वान गरेको थियो। बैंकको सीईओ हुन व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने लगायतका याेग्यता ताेकेकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय