२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । नेपालका विभिन्न ३० हिमाल आरोहण गर्ने ओरोहीहरूबाट सरकारलाई कुल ६७ करोड ४८ लाख १४ हजार ५ सय १ रुपैयाँ राजश्व प्राप्त भएको छ । कुल रोयल्टीमध्ये सगरमाथा आरोहणबाट प्राप्त रोयल्टीको हिस्सा मात्रै कुल रोयल्टीमा ८७.८१ प्रतिशत छ । सगरमाथामा यो सिजनमा ४१ आरोहण दलका ७५ महिला र ३ सय ३९ पुरुष सहित ४ सय १४ जनाले आरोहणको अनुमति लिएका छन् ।

यो सिजनमा सगरमाथा पछि सबैभन्दा धेरै हिमाल आरोहणको अनुमति सोलुखुम्बुकै ल्होसे हिमालका लागी दिइएको छ । ल्होसे हिमाल आरोहण गर्ने दलहरूबाट मात्रै सरकारले ३ करोड ४० लाख ३४ हजार २ सय ३८ रुपैयाँ प्राप्त गरेको छ । यो रकम भनेको कुल रोयल्टी हिस्साको ५.०४ प्रतिशत हो । ल्होसे हिमालमा यो सिजनमा १३ आरोहण दलका ११८ पुरुष र २५ महिला गरी १ सय १ सय ४३ जनाले आरोहणको अनुमति लिएका छन् ।

ल्होसेपछि धेरै रोयल्टी मकालु हिमाल आरोहण गर्ने दलहरूबाट प्राप्त भएको देखिन्छ । मकालु हिमाल आरोहणबाट कुल रोयल्टी हिस्साको २ प्रतिशत अर्थात् १ करोड ४१ लख २६ हजार ४ सय रुपैयाँ प्राप्त भएको छ ।

यो सिजनमा मकालु हिमाल आरोहणको अनुमति ६ आरोहण दलका ४० पुरुष र १९ महिला गरी ५९ जनाले लिएका छन् । सगरमाथा, ल्होसे र मकालु बाहेकका अन्य २७ हिमाल आरोहणबाट कम्तीमा १ करोड भन्दा कम राजश्व रकम प्राप्त भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर