२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । आर्थिक वर्ष २०८०-८१ को नौ महिनामा विस्तृत मुद्राप्रदाय ७.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १२.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.३६५ अर्ब १६ करोड (२५.१ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१७४ अर्ब २८ करोड (१५.१ प्रतिशत) ले बढेको थियो।

समीक्षा अवधिमा सञ्चित मुद्रा ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा सञ्चित मुद्रा १४.६ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर