२०८१ माघ २५ शुक्रबार

काठमाडौंं – नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को मस्यौदा तयार गरेको छ । बैंक खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने बताइएको छ ।

विनियमावलीमा भनिएको छ,‘खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृत स्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्नेछ’ ।

कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण र आशिंक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण लिनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय