२०८३ बैशाख १० बिहीबार

काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही वृद्धि भएको छ। राष्ट्र बैंकको वैशाख १७ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ४४ अर्ब निक्षेप संकलन भएको छ। वैशाख १६ गते भने ६१ खर्ब ४१ अर्ब निक्षेप रहेको थियो । एकदिनमा ३ अर्बले निक्षेप संकलन बढेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ।

सो समयमा वाणिज्य बैंकहरुबाट ५४ खर्ब ३२ अर्ब निक्षेप संकलन भएको छ। बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म कुल कर्जा प्रवाह ५१ खर्ब ६ अर्ब भएको छ । बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि केही बढेको उल्लेख गरेको छ। पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकले ४५ खर्ब १५ अर्ब कर्जा प्रवाह गरेको छ। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.७६ कायम भएको छ।

त्यस्तै, बैंकको तथ्यांकले अन्तर बैंक ब्याजदर भने केही घटेको देखाएको छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.६९ प्रतिशत रहेको देखाएको छ। १६ गते भने २.९७ रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर