२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं – अर्थ मन्त्रालय अन्तर्गतको सर्वाजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगारीमा भएकाहरूलाई लक्षित गर्दै ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्काशन गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरूका लागि पाँच वर्षे बचतपत्र निष्काशन गर्न लागेको हो। बचतपत्र आगामी जेठ २९ गते निष्कासन हुँदैछ ।

सर्वाजनिक ऋण व्यवस्थापन कार्यालयले उक्त बचतपत्र बिक्री खुला हुने अवधि वैशाख २२ गतेदेखि जेठ २३ गतेसम्म निर्धारण गरेको छ । कार्यालयले वार्षिक ९ प्रतिशत ब्याजदर रहेको १ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गर्न लागेको हो । न्युनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउने कार्यालयले जनाएको छ ।

यस बचतपत्रमा विदेशीमा रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका नागरिक, गैर आवासिय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् । उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्नेछ।

लगानीकर्ताले बचतपत्र खरिदका लागि १४ वाणिज्य बैंकहरू सिटिजन, नबिल, माच्छापुच्छ्रे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सिटी एक्सप्रेस मनी ट्रान्फर, आइएमई लिमिटेड, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, इसेवा र नेपाल रेमिट इन्टरनेसनल कम्पनीहरूबाट आवेदन बुझाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर