काठमाडाैं । यही बैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको तेस्रो लगानी सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सराेकारवाला निकायसँग छलफल गरीरहेका छन् । यस्तै प्रधानमन्त्री दाहालले लगानी बाेर्ड नेपालसँग सम्मेलनकाे तयारी बारे जानकारी लिएका छन् ।
सम्मेलनकाे केहीदिन बाँकी रहँदा सरकारले दश मौजुदा ऐन र दुई नियमावली संशोधन गर्ने भने पनि यसकाे टुङ्गाे लाग्न सकेकाे छैन । लगानी बोर्डको प्राविधिक समितिले तेस्रो लगानी सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने गरी विभिन्न समूहमा गरी कुल १४८ परियोजना तय गरेको छ । जसमा निजी क्षेत्रका ३१ वटा आयोजना प्रर्दशनी हुने भएका छन् ।
बोर्डले सम्मेलनमा सहभागिताका लागि १ हजार ३ सय ५५ जनालाई निम्ता पठाएकोमा बेलुकासम्म ४ सय ६२ लगानीकर्ताले सहभागिता पक्का गरेकाे जनाएकाे छ । सम्मेलनमा नेपालका १ सय ६१ लगानीकर्ता सहित चीनबाट ६४, भारतबाट ५७, जर्मनीबाट १२, बेलातयबाट ११, अमेरिकाबाट १० र बंगलादेशबाट १० लगानीकर्ता सहभागि हुने छन्।















