२०८३ बैशाख १७ बिहीबार

काठमाडाैं । आन्तरिक राजस्व विभागले चैतसम्ममा साढे ३ खर्ब राजस्व संकलन गरेकाे छ । चालु आर्थिक वर्षकाे ९ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलनकाे लक्ष्य लिएकाे विभागले साे अवधिमा ३ खर्ब ६७ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गरेकाे हाे ।

यस अवधिमा विभागले गत वर्षकाे भन्दा ३० अर्ब रूपैयाँ बढी राजस्व संकलन गरेकाे हाे । गत आर्थिक वर्षको चैतसम्ममा ३ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियाे।

संकलित राजस्वमा आयकर १ खर्ब ७० अर्ब ७९ करोड, मूल्य अभिवृद्धिकर ८७ अर्ब २० करोड, अन्तस्शुल्क ७२ अर्ब ४१ करोड, ब्याज करतर्फ २८ अर्ब ३७ करोड, घरबहाल कर र स्वास्थ्य सेवा शुल्क १ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर