काठमाडौ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलाव ४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ । साविक १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्ता पुँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी हुनेछ ।
वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघई, र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन । सञ्चालकलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएको पनि विज्ञप्तिमा उल्लेख छ ।