२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा २ अर्ब ४७ करोड १७ लाख रुपैयाँको क्लिंकर तथा सिमेन्ट निर्यात भएको हो।

नेपालले ८ महिनाको अवधिमा १ अर्ब १८ करोड ८७ लाख रुपैयाँको क्लिंकर र १ अर्ब २८ करोड ३९ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको विभागले जनाएको छ । सरकारले सिमेन्ट निर्यातको लागि बाटो खुला गरेसँगै निकासी बढ्दो क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर