२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ९ गतेदेखि ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणत्र जारी गर्ने भएको छ। बैंकले ६ वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएकोृ हो् ।

विकास ऋणपत्र २०८६’ड’ नाम दिइएको विकास ऋणपत्रमा बैंक वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिदका लागि आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकले उक्त विकास ऋणपत्रमार्फत सरकारलाई आन्तरिक ऋण उठाउन लागेको हो। चालु आर्थिक वर्षको बजेटमार्फत २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ। खर्चको तुलनामा राजस्व कम भएपछि सरकारले चालु आर्थिक वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाइएको थियो।

हालसम्म सरकारले १ खर्ब ३८ अर्ब ३१ करोड रुपैयाँ विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर