२०८१ चैत्र २ शनिबार

काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात क्यापिटलमा गरिमाको ५१.२० प्रतिशत सेयर स्वामित्व कायम भएको छ । केसीएल क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित हुने जनाईएको छ । बैंकले सेयर लगानी गरे पश्चात केसीएल अस्ट्युट क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल कायम गर्ने समेत सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय