२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं : जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्ममा करिब ८७ अर्ब रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक अनुसार ३ वटा लघु जीवन बिमा कम्पनीसहित १७ वटा जीवन बिमा कम्पनीहरुले कुल ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

जसमध्ये १६ अर्ब १५ करोड २९ लाख ६ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने ७० अर्ब ७७ करोड २ लाख ४ हजार रुपैयाँ नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये ३ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा ४ करोड २२ लाख ६५ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै २३ अर्ब २० करोड ७४ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । यस्तै, नेसनल लाइफ इन्सुरेन्सले १० अर्ब ५ करोड माथि बिमा शुल्क संकलन गरेको छ । माघ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ४ लाख ४८ हजार ६६६ वटा बिमा लेख जारी गरेका छन् भने ३ वटा लघु बिमा कम्पनीले ६ हजार ७८३ वटा बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै नेसनल लाइफ इन्सुरेन्सले ८२ हजार ८७९ वटा बिमा लेख जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर