२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । सूचीकृत ९ कम्पनीले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले कुल ९ अर्ब २६ करोड ५४ दाख ३ हजार ७४५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न आवेदन दिएका हुन् । यसरी आवेदन दिनेमा जलविद्युत समूहका ७ कम्पनी र २ वटा बिमा कम्पनी रहेका छन् ।

जसअनुसार लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ८८.४५% अर्थात २ करोड ३४ लाख ६८ हजार सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । नेपाल बिमा प्राधिकरणले तोकेको पुँजी पुर्याउन यसले हकप्रद सेयरको बाटो रोजेको हो । त्यस्तै, एनएलजी इन्सुरेन्सले पनि पुँजी बढाउन हकप्रद सेयरको बाटो रोजेको छ ।

यस्तै, एसियन लाइफलगायतका बिमा कम्पनीले हकप्रद ल्याउने घोषणा गरिसकेका छन् । तर धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । यता, सबैभन्दा धेरै अनुपातमा हकप्रद सेयर निष्कासन अनुमति माग्नेमा आँखुखोला जलविद्युत रहेको छ । यसले १५० प्रतिशत अर्थात १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।ङादी ग्रुप पावर, हिमालयन उर्जा विकास, बरुण हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरले पनि शतप्रतिशत हकप्रद सेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएका छन् । यी सबै कम्पनीले हकप्रद सेयर निष्कासन लागि अनुमति पाए भने धितोपत्र बजारमा ९ करोड २६ लाख ५४ हजार ३७ कित्ता सेयर थपिने छ ।

पछिल्लो समय हकप्रद सेयर निष्कासन गर्नेमा धेरै संख्या जलविद्युत् समूहका कम्पनीहरु रहेका छन् । हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिनेमा ९ मध्ये ६ जलविद्युत समूहअन्तर्गतका कम्पनीहरु रहेका छन् । यी बाहेक करिब १ दर्जनभन्दा बढी कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेका छन् ।

यी मध्ये कतिपयले अनुमति प्राप्त गरेर बोर्डमा निवेदन दिने तयारीमा छन् भने कतिले आयोगको अनुमति कुरेर बसिरहेका छन् । अधिकांश हाइड्रोपावर कम्पनीले १००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर