२०८३ बैशाख ११ शुक्रबार

काठमाडौं । वाणिज्य बैंकहरूमा २७ लाख खाता निष्क्रिय अवस्थामा रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या नै २७ लाख ३२ छ। ती बैंक खातामा १३ अर्ब ३८ करोड ९४ लाख ६९ हजार ९२८ रुपैयाँ बेवारिसे अवस्थामा छ।

खाताका निक्षेपकर्ता लामो समयदेखि खातामा रहेको रकमबारे सोधखोजसमेत गर्न समेत आएका छैनन्। नेपाल राष्ट्र बैंकको ऐनमा लामो समयसम्म निष्क्रिय खाताको पैसा खिचेर प्रयोग गर्न पाउने व्यवस्था समेत छ। केन्द्रीय बैंकले २० वर्ष अवधिसम्म पनि निष्क्रिय नै रहेका खाताको रकम खिचेर बैंकिङ विकासमा खर्च गर्नसक्ने प्रावधान छ।

सामान्यतया चल्ती र कल निक्षेप खातामा १ वर्षसम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ। त्यस्तै, बचत खातामा ३ वर्षसम्म कुनै कारोबार नभएमा पनि निष्क्रिय मानिन्छ। खातामा नगन्य रुपैयाँ हुँदा, निक्षेपकर्ता विदेशिँदा पनि निष्क्रिय हुन्छ । अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियानअन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन्। दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर