२०८१ माघ २ बुधबार

काठमाडौं । निषेधाज्ञाका बीच पनि जेठ महिनामा वाणिज्य बैंकको निक्षेप संकलन ३६ अर्ब रुपैयाँले बढेको छ । बैंकर्स संघका अनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । वैशाखसम्म बैंकहरुले ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस्तै जेठमा बैंककहरुको कर्जा प्रवाह पनि बढेको छ । बैंकको कर्जा लगानी ३५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा रुपैयाँ पुगेको छ । वैशाखसम्म बैंकले ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय