२०८१ मंसिर २४ सोमबार

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने जनाएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार खोप खरिदका लागि चीनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव गरेको छ ।

कोभिड–१९ अध्यादेशमा कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि भएगरेका काम कारबाहीसम्बन्धी सूचना सम्बन्धित निकायले नियमित रूपमा सार्वजनिक गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले खोपको विषयमा अलिक संवेदनशील हुनुपर्छ । अन्य देशमा पनि खरिद प्रक्रियालगायतमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त लागू हुने गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय