२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाता संख्या ५९ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (पुस मसान्त) सम्म प्यान नम्बर लिनेको संख्या ५९ लाख १७ हजार ९ सय ६२ पुगेको छ ।

अघिल्लो आव २०७९/८० को अन्तिम (असार मसान्त) सम्म प्यान नम्बर लिने करदाता संख्या ५५ लाख ५४ हजार थियो । ६ महिनामा ३ लाख ६३ हजार ९ सय ३६ करदाताले प्यान नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थका अनुसार पुस मसान्तसम्म व्यावसायिक प्यान नम्बर लिनेको संख्या १९ लाख ३६ हजार ५ सय ८८ पुगेको छ ।

व्यक्तिगत प्यान नम्बर लिनेको संख्या ३९ लाख ५० हजार ३ सय ५ पुगेको छ । करकट्टी गर्ने निकायले लिएको प्यान नम्बर ३१ हजार ६९ पुगेको छ । पुस मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने करदाता संख्या ३ लाख २२ हजार २ सय ६ पुगेको छ । असार मसान्तसम्म यो संख्या ३ लाख ८ हजार ४ सय ७७ थियो । अन्तःशुल्क दर्ता १ लाख २२ हजार ३ सय ७७ पुगेको छ । यो असार मसान्तमा १ लाख १६ हजार ६ सय ७५ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर