२०८१ माघ २४ बिहीबार

काठमाडौँ । नेपालमा त्रिभुवन विश्व विद्यालय सबैभन्दा जेठो विश्व विद्यालय हो । वि.सं. २०१६ सालमा त्रिवि स्थापनाको २५ वर्षसम्म अन्य विश्वविद्यालय स्थापना भएनन् । २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालय स्थापना भयो भने ७४ सालसम्म एक दर्जन बढी विश्वविद्यालय स्थापना भए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि प्रदेश सरकारले पनि विश्वविद्यालय स्थापना गर्न सक्ने ब्यवस्था बन्यो ।

विश्वविद्यालयहरुको थपिने क्रम बढिरहँदा विद्यार्थी संख्या भने घटिरहेको छ । सबैभन्दा जेठो विश्वविद्यालयमा भएको बेथितिको गुनासो बाहिर आइरहँदा प्रदेशले स्थापना गरेका विश्वविद्यालयहरु पनि स्थापनासँगसँगै राजनीतिक चंगुलमा फस्न पुगेका छन् ।

नेपालमा हाल त्रिभुवन विश्वविद्यालयसहित १८ वटा विश्वविद्यालय सञ्चालनमा छन् । नेपालको सबैभन्दा पूरानो त्रिभुवन विश्वविद्यालयमा बेथिति ब्याप्त छ । त्रिभुवन विश्व विद्यालय राजनीतिक भागबण्डाको शिकार भएको हुँदा विभिन्न प्रश्नहरु उठेका छन् ।

नेपालमा कुन कुन विश्वविद्यालयहरु सञ्चालनमा छन् ?

– वि.सं. २०१६ सालमा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय ।
– वि.सं. २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालय ।
– वि.सं. २०४८ सालमा काठमाडौं विश्वविद्यालय ।
– वि.सं. २०५१ सालमा पूर्वाञ्चल विश्वविद्यालय ।
– वि.सं. २०५४ सालमा पोखरा विश्वविद्यालय ।
– वि.सं. २०६१ सालमा लुम्बिनी विश्वविद्यालय ।
– वि.सं. २०६७ सालमा मध्यपश्चिम विश्वविद्यालय ।
– वि.सं. २०६७ सालमा नेपाल कृषि तथा वन विश्वविद्यालय ।
– वि.सं. २०६७ सालमा सुदूरपश्चिम विश्वविद्यालय ।
– वि.सं. २०६७ सालमा मध्यपश्चिम विश्वद्यालय ।
– वि.सं. २०७३ सालमा नेपाल खुला विश्वविद्यालय ।
– वि.सं. २०७४ सालमा राजश्री जनक विश्वविद्यालय ।
– वि.सं. २०७६ सालमा मनमोहन प्राविधिक विश्वविद्यालय
– वि.सं. २०७६ सालमा गण्डकी विश्व विद्यालय ।
– वि.सं. २०७८ मा मधेस कृषि विश्वविद्यालय
– वि.सं. २०७९ मा मधेस विश्वविद्यालय ।

प्रदेश सरकारहरुबाट विश्व विद्यालयहरु खुल्ने क्रम जारी नै छ । तर नयाँ खुलेका र खुल्दै गरेका विश्वविद्यालयहरु पनि राजनीतिबाट मुक्त हुन सकेका छैनन् । स्थापना भएका कतिपय विश्वविद्यालय राजनीतिक भागबण्डा मिलाउने र जागिर खाने थलोजस्तो बनेका छन् । कतिपय विश्वविद्यालयमा पठनपाठन नै सञ्चालन भएका छैनन् तर उपकुलपति लगायतका नियुक्ति भने वर्षौअघि नै भइसकेका छन् ।

नयाँ खुुलेका विश्वविद्यालयहरु राजनीतिबाट झनै बढी ग्रसित भइरहेका छन् । २०७८ मंसिर २७ गते जसपा अध्यक्ष एवम् तत्कालिन उपप्रधानमन्त्री उपेन्द्र यादवले सप्तरीको राजविराजमा मधेस कृषि विश्वविद्यालयको उद्घाटन गरेका थिए । मधेसका तत्कालिन मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा भएको यो विश्वविद्यालयमा जसपाको राजनीति हावी भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले असन्तुष्टि पोखिरहेको छ । विश्वविद्यालयमा निषेधको राजनीति भइरहेका छन् । सोमवार मात्रै जसपा अध्यक्ष यादवले नै मधेस कृषि विश्वविद्यालय सिलान्यास गर्न खोज्दा जनमत पार्टी प्रतिरोधमै उत्रियो । जसले गर्दा झडपकै स्थिति बन्यो ।

पछिल्लो समय युवा विद्यार्थीहरु १२ कक्षा उत्तीर्ण भए लगत्तै विदेशिने ह्वीम नै चलेको छ । सबै भन्दा पुरानो विश्वविद्यालय त्रिविमै विद्यार्थीहरु रित्तिदै गएका छन् । त्रिविको रोग प्रदेशका विश्वविद्यालयमा पनि सर्दै जाने हो भने विश्वविद्यालय खुल्ने क्रम मात्रै हुने तर विद्यार्थी पाउने अवस्था भने देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय