२०८१ माघ २५ शुक्रबार

काठमाडौं । अधिक रेमिट्यान्स भित्र्याउने दक्षिण एसियाली मुलुकमध्ये नेपाल चौथो स्थानमा उक्लिएको छ । विश्व बैंकले प्रकाशित गरेको ‘लेभेरेजिङ डायस्पोरा फाइनान्सेस फर प्राइभेट क्यापिटल मोबिलाइजेसन’ प्रतिवेदनअनुसार रेमिट्यान्स भित्र्याउने दक्षिण एसियाली मुलुकमा नेपाल चौथो स्थानमा उक्लिएको हो । तर, रेमिट्यान्समा निर्भर हुने राष्ट्रको पाँचाँै स्थानमा नेपाल रहेको छ । तथापि कुल गार्हस्थ्य उत्पादन(जिडिपी)को आकारको अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमा भने नेपाल पहिलो स्थानमा रहेको छ ।

नेपालमा भित्रिएको रेमिट्यान्स कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत रहेको छ । नेपालको जिडिपीमा कृषि क्षेत्रको योगदान भने २४.१ प्रतिशतमात्रै रहेको छ । नेपालको कुल जनसंख्याको ६० प्रतिशत कृषि क्षेत्रमै कार्यरत रहे पनि जिडिपीमा कृषिको उल्लेखनीय भूमिका देखिँदैन । परम्परागत कृषि प्रणाली भएका कारण नेपालले कृषि क्षेत्रमा ठूलो फड्को मार्न सकेको छैन ।

नेपालमा भित्रिएको रेमिट्यान्स कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत रहेको छ । नेपालको जिडिपीमा कृषि क्षेत्रको योगदान भने २४.१ प्रतिशतमात्रै रहेको छ । दक्षिण एसियाली राष्ट्रहरूमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने मुलुक भारत हो । करिब एक अर्ब ४२ करोड जनसंख्या भएको भारतले सन् २०२३ मा एक खर्ब २५ अर्ब अमेरिकी डलर भित्र्याएको छ भने नेपालले ११ अर्ब डलर भित्र्याएको छ । तर, भारतको कुल जिडिपीमा रेमिट्यान्सको योगदान ३.४ प्रतिशतमात्रै रहेको विश्व बैंकको उक्त प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली राष्ट्रले प्राप्त गर्ने कुल रेमिट्यान्सको ६६ प्रतिशत हिस्सा भारतले ओगटेको छ । सन् २०२२ मा भारतले एक खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको थियो । जुन दक्षिण एसियाली राष्ट्रले प्राप्त गर्ने कुल रेमिट्यान्सकोे ६३ प्रतिशत हिस्सा हो ।

करिब एक अर्ब ५० करोड मानिस बसोबास गर्ने भारतमा पनि नेपालकै जस्तो प्रतिभा पलायनको समस्या बढ्दोक्रममा रहेको छ । दक्ष जनशक्ति अमेरिका, बेलायत, सिंगापुरलगायतका देशमा बसोबास गर्ने क्रम बढेको छ भने अदक्ष तथा अर्धदक्षहरू खाडी मुलुक जाने गरेका छन् । रेमिट्यान्स प्राप्त गर्ने दोस्रो ठूलो दक्षिण एसियाली राष्ट्र पाकिस्तान हो । सन् २०२३ मा पाकिस्तानले २४ अर्ब डलर रेमिट्यान्स भित्र्याएको छ भने बंगलादेशले २३ अर्ब, नेपालले ११ अर्ब, श्रीलंकाले पाँच अर्ब ४० करोड, अफगानिस्तानले ३० करोड र भुटानले १० करोड अमेरिकी डलर भित्र्याएको छ । दक्षिण एसियाली राष्ट्रमध्ये माल्दिभ्सले रेमिट्यान्स भित्र्याएको छैन । सन् २०२३ मा दक्षिण एसियाली राष्ट्रले एक खर्ब ८९ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउने आँकलन पनि विश्व बैंकले गरेको छ ।

सन् २०२२ मा दक्षिण एसियाली राष्ट्रमा प्रवाह हुने रेमिट्यान्स १२.२ प्रतिशतले बढेकोमा सन् २०२३ मा रेमिट्यान्स संख्या ७.२ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण छ । विश्वका विकसित राष्ट्रमा मूल्यवृद्धि आकाशिएका कारण कम्पनीहरूले रोजगार कटौती गर्ने तथा कर्मचारी संख्या घटाउने क्रम बढ्दै गएकाले कम्पनीहरूले कर्मचारी कटौती गर्ने क्रम जारी रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकका अनुसार साउदी अरेबिया, कुवेतलगायतका कच्चा तेल उत्पादक राष्ट्रले तेल उत्पादन कटौती गरेका कारण ती क्षेत्रमा काम गर्ने मानिस बेरोजगार हुँदा सन् २०२३ मा विप्रेषण संख्या घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय