२०८१ माघ २४ बिहीबार

काठमाडौं । यस मौसम (हेमन्त ऋतु)मा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति पाएका छन् । स्वदेशी तथा विदेशी गरी एक हजार ६९ जना पुरुष र २६० जना महिला गरी एक हजार ३२९ जनाले विभिन्न हिमाल आरोहणको अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार १७२ समूहका एक हजार ३२९ जनालाई आरोहण अनुमति प्रदान गरिएको छ ।

सबैभन्दा बढी अमादब्लम हिमाल आरोहणका लागि ४५ समूहका ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले ५२ हिमाल आरोहणका लागि अनुमति लिएका गुरुङले जानकारी दिए । त्यसैगरी मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् ।

हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका १३०, फ्रान्सका १२९, जर्मनीका ९६, चीनका ७९, रसियाका ६७, जापानका ५१ र स्विट्जरल्याण्डका ५० जना छन् । हेमन्त ऋतुको आरोहण अनुमतिबाट विभागले सात करोड ६६ लाख ९३ हजार १२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस क्रममा ६ मुलुकका २२ जनाले नेपालका हिमालबाट ‘स्की’का लागि अनुमति लिएका छन् । स्कीका लागि सबैभन्दा धेरै अनुमति लिनेमा फ्रान्सका नागरिक छन् । उनीहरू हिमाल आरोहणपछि स्की गर्दै आधार शिविर ओर्लिने विभागले जनाएको छ । नेपालमा हिमाल आरोहणको लागि वसन्त, शरद र हेमन्त ऋतु उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय