
काठमाडौं । सरकारकाे पूँजीगत खर्चकाे अवस्था यस वर्ष पनि निराशाजनक देखिएकाे छ । चालु आर्थिक वर्षकाे चार महिना बित्नै लाग्दा सरकारकाे पूँजीगत खर्चकाे ८.९१ प्रतिशत मात्र हुन सकेकाे छ । याे गत साेमबारसम्मकाे तथ्याङ्क हाे।
यस वर्ष सरकारले ३ खर्ब २० अर्ब ७ कराेड ४४ लाख बजेट छुट्याइएकाेमा हाल सम्म २६ अर्ब ७९ कराेड ६२ लाख रूपैयाँ मात्र खर्च भएकाे छ । यस्तै चालु तर्फ ११ खर्ब ४१ अर्ब ७८ कराेड ४१ लाख बजेट छुट्याइएकाेमा हाल सम्म २ खर्ब ४३ अर्ब ६९ कराेड ५१ लाख मात्र खर्च भएकाे छ । जुन कुल लक्ष्यकाे २१.८६ प्रतिशत हाे ।
यस्तै वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७४ अर्ब ५३ कराेड ६ लाख बजेट छुट्याइएकाेमा ५१ अर्ब ४५ कराेड ५७ लाख खर्च भएकाे हाे । जुन लक्ष्यकाे १६.७४ प्रतिशत मात्र हाे ।