२०८१ चैत्र ४ सोमबार

काठमाण्डौं । भन्सार विभागले आर्थिक वर्ष ८०/८१ को पहिलो तीन महिनाको भन्सार तथ्याङ्क सार्वजनिक गरेको छ जसअन्तर्गत नेपालले पछिल्लो तीन महिनामा ५ अर्ब बराबरको विद्युतीय सवारीसाधन आयात गरेको छ । नेपाली बजारमा इभि सवारीसाधनको ठूलो माग देखिएको छ ।

ईभी गाडीको माग बढेसँगै नेपालमा इभिको आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल २१ सय ३५ विद्युतीय सवारीसाधन आयात गरेको छ । जसमध्ये ३ अर्ब बराबरको १० सय ४६ सवारीसाधन चीनबाट मात्रै आयात भएका छन् ।

नेपाली बजारमा ६७ लाख बराबरको ५०० किलोवाट मुनिका ५ वटा इकाइ भित्रिएको विभागले जनाएको छ । त्यसैगरी २ अर्ब बराबरको १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका १ हजार ३५ थान सवारीसाधन चीनबाट मात्रै आयात गरिएको छ ।

भन्सार विभागले १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ८ इकाइ सवारी साधन २ करोड रुपैयाँ र २०१ भन्दा बढी पिक पावर भएका ३ थान ईभी आयात गरेको छ । नेपालले भारतपछि सबैभन्दा बढी सामान आयात गर्ने देश चीन हो । नेपालसँग चीनको कुल ७९ अर्बको व्यापार घाटा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय