२०८१ माघ २७ आईतवार

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा नेपालले तीन खर्ब ६७ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार तीन महिना असोजसम्ममा नेपालको व्यापार घाटा तीन खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार रुपैयाँ पुगेको हो ।

यो अवधीमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलब ६९ प्रतिशतले बढी हो । असोज महिनामा मात्रै १ खर्ब ४८ अर्बको आयात भएको भन्सार विभागको जनाएको छ । यो अवधीमा निर्यात भने घटेको छ ।

निर्यात गत वर्षको तुलनामा २ दशमलब १६ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । आयातमा केही सुधारसँगै पहिलो त्रैमासमा भन्सार राजस्व १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय