२०८१ चैत्र ४ सोमबार

काठमाडौं । नेपाल वित्तीय संस्था संघमा सुनिल पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न साधारणसभाबाट आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल पन्त अध्यक्षमा चयन हुनुभएको हो ।

प्रथम उपाध्यक्षमा पोखरा फाइनान्सका सिइओ रविचन्द्र गुरुङ, द्वितीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्सका सिइओ राजोजमान श्रेष्ठ, महासचिवमा नेपाल फाइनान्सका सिइओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका सिइओ नारायण सुवेदी रहेका छन् ।

सदस्यमा प्रोग्रेसिभ फाइनान्सका सिइओ अनिल श्रेष्ठ, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सका सिइओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्सका सिइओ सन्तोषकुमार घिमिरे, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सका सिइओ राजेशकुमार श्रेष्ठ, मल्टीपर्पस फाइनान्सका सिइओ रजनीशकुमार सिंह र जानकी फाइनान्सका सिइओ दिनेशकुमार शर्मा रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय