२०८१ माघ २७ आईतवार

काठमाण्डौं । मुलुकमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले साउन महीनामा १९ अर्ब ६० करोड ६३ लाख ४७ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । अघिल्लाे साउनमा कुल १५ अर्ब ५ करोड ७३ लाख ८६ हजार रुपैयाँ बराबरकाे जीवन बीमा व्यवसाय भएकाेमा समीक्षा अवधिमा बीमाशुल्क संकलन ३०.२१ प्रतिशतले वृद्दि भएको हाे ।

साउन संकलित कुल १९ अर्ब ६० करोड बीमाशुल्क जसमध्ये नवीकरण बीमा शुल्कबाट १७ अर्ब ३० करोड ८९ लाख ८ हजार र प्रथम बीमा शूल्कबाट २ अर्ब २९ करोड ७४ लाख ३९ हजार रुपैयाँ संकलन भएको हो । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महीनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा नवीकरण बीमा शुल्कमा ३४.६६ प्रतिशत अर्थात ४ अर्ब ४५ करोड ४८ लाख ७८ हजार रुपैयाँ वृद्धि भएको छ । यस्तै नयाँ व्यवसाय (प्रथम बीमाशुल्क) मा समेत ४.२७ प्रतिशत अर्थात ९ करोड ४० लाख ९४ हजार रुपैयाँ) वृद्धि भएको छ ।

अघिल्लो आवको साउनमा तत्काल कायम १९ जीवन बीमा कम्पनीहरुले नवीकरण बीमा शुल्कबाट १२ अर्ब ८५ करोड ४० लाख ४० हजार र प्रथम बीमाशूल्कबाट २ अर्ब २० करोड ३३ लाख ४५ हजार रुपैयाँ गरी कुल १५ अर्ब ५ करोड ७३ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको थियो ।

चालु आवको साउनमा जीवन बीमा कम्पनीहरुले अघिल्लो साउनको तुलनामा १ लाख २२ हजार ७२९ वटा धेरै अर्थात ८ लाख ३२ हजार ७५९ वटा बीमालेख बिक्री गरेका छन् । अघिल्लो आवको साउनमा ७ लाख १० हजार ३० वटा बीमालेख बिक्री भएका थिए । साउनमा १ खर्ब ५३ अर्ब ४४ करोड ८४ लाख ७५ हजार रुपैयाँ बीमाङ्कको बीमा भएको छ । अघिल्लो साउनमा ५ खर्ब ६८ अर्ब ११ करोड ४६ लाख ५८ हजार रुपैयाँ बीमाङ्क बराबरको बीमा भएको थियो ।

समीक्षा अवधिमा ९ जीवन बीमा कम्पनीहरु एक आपसमा मर्जर तथा प्राप्तीमा गई चार वटा कायम भएका छन् । मर्जरपछि पाँच कम्पनीको अस्तित्व समाप्त भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्दै अग्र स्थानमा रहँदा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा पछाडि छ । नेपाल लाइफले साउनमा ४ अर्ब ६६ करोड ६ लाख ३० हजार रुपैयाँ नवीकरण र ५६ करोड ३१ लाख ८७ हजार रुपैयाँ प्रथम बीमा शुल्क गरी कुल ५ अर्ब २२ करोड ३८ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सबैभन्दा कम बीमाशुल्क संकलन गरेको सन नेपाल लाइफले ३५ करोड ६२ लाख ८२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २५ करोड ६२ लाख ५३ हजार रुपैयाँ नवीकरण र १० करोड २९ हजार रुपैयाँ प्रथम बीमाशुलक संकलन गरेको हो ।

साउनमा कुन कम्पनीले कति बीमाशुल्क संकलन गरे हेरौंः–
१. नेपाल लाइफ इन्स्योरेन्सः ५ अर्ब २२ करोड ३८ लाख १८ हजार रुपैयाँ
२. राष्ट्रिय बीमा संस्थानः ३ अर्ब ३४ करोड ३४ लाख ३६ हजार रुपैयाँ
३. हिमालयन लाइफ इन्स्योरेन्सः १ अर्ब ९३ करोड ७७ लाख १२ हजार रुपैयाँ
४. लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी): १ अर्ब ९२ करोड ५५ लाख ९२ हजार रुपैयाँ
५. नेशनल लाइफ इन्स्योरेन्सः १ अर्ब ८० करोड ६८ लाख १६ हजार रुपैयाँ
६. सूर्यज्योति लाइफ इन्स्योरेन्सः १ अर्ब ४५ लाख ८३ हजार रुपैयाँ
७. एशियन लाइफ इन्स्योरेन्सः ८१ करोड ९९ लाख ६६ हजार रुपैयाँ
८. सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सः ६६ करोड ८१ लाख १४ हजार रुपैयाँ
९. सिटिजन लाइफ इन्स्योरेन्सः ५७ करोड ९४ लाख १९ हजार रुपैयाँ
१०. प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सः ५४ करोड ११ लाख ६ हजार रुपैयाँ
११. आइएमई लाइफ इन्स्योरेन्सः ५२ करोड ५९ लाख ६१ हजार रुपैयाँ
१२. मेट लाइफ इन्स्योरेन्सः ४९ करोड २३ लाख ६६ हजार रुपैयाँ
१३. रिलायबल नेपाल लाइफ इन्स्योरेन्सः ३८ करोड ११ लाख ७६ हजार रुपैयाँ
१४. सन नेपाल लाइफ इन्स्योरेन्सः ३५ करोड ६२ लाख ८२ हजार रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय