
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इन्डियन आयल कर्पाेरेशन (आईओसी)बाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएसँग नेपालमा पनि मूल्य वृद्धि गरिएको हो । आईओसीबाट पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ११ रुपैयाँ २५ पैसा बढेर आएको जानकारी दिइएको छ ।
निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर पाँच र डिजेल÷मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
वृद्धि भएको मूल्य मंगलबार (आज) राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ ।
नयाँ मूल्य सूचीअनुसार सुर्खेत र दाङमा पेट्रोललाई प्रतिलिटर १७७ रुपैयाँ र डिजेल/मट्टीतेललाई १६६ रुपैयाँ पर्ने छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोललाई प्रतिलिटर १७५ रुपैयाँ र डिजेलरमट्टीतेललाई १६४ रुपैयाँ पर्ने छ ।
निगमले पछिल्लो समय निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको छ । यो प्रणाली लागू भएसँगै आईओसीबाट आउने प्रत्येक १५ दिनको मूल्यअनुसार नेपालमा पनि मूल्य घटबढ हुनेछ ।