२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौँ । चरम आर्थिक संकट र चुनौतीकाबीचमा बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसक्ने अवस्था तथा चेक बाउन्सका कारण कालोसूचीमा पर्नेको संख्या दिन प्रतिदिन बढिरहेको कर्जा सूचना केन्द्रले जनाएको छ । कर्जा सूचना केन्द्रको तथ्याङ्क अनुसार बर्षेनी दोेब्बरको संख्यामा ऋणीहरु कालोसूचीमा पर्ने गरेको देखिएको छ ।

कर्जा सूचना केन्द्रका सूचना अधिकारी विजय कुवरका अनुसार आर्थिक क्रियाकलापको सुस्तताका कारण बैंक तथा वित्तीय संंस्थाको सावाँ-ब्याज भुक्तानी गर्न नसकेपछि तथा खातामा पर्याप्त रकम नभएर चेक बाउन्स भएपछि कालोसूचीमा पर्नेको संख्या एकाएक बढेको हो ।

२०७९ सालमा २२ हजार ८४३ ऋणी कालोसूचीमा परेका थिए । यस्तै वर्षदिनमा कालोसूचीमा पर्नेको यो अहिलेसम्मकै उच्च संख्या हो। वैशाखदेखि साउन ३ गतेसम्म मात्रै १२ हजार ऋणी कालोसूचीमा परिसकेका छन्। अहिले हरेक दिन औसतमा १२४ ऋणी कालोसूचीमा परिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय